खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पौडी खेल्ने क्रममा नारायणीमा एक बेपत्ता

नवलपुर ।  नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ०६ बजे