सुनसरी – बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा प्याक गरी राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार १ : ३८ बजे
प्रतिक्रिया