आगामी स्थानीय निर्वाचनमा भाग लिन एमालेसँग सहकार्य गर्छौ : कमल थापा

कास्की  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  आगामी स्थानीय निर्वाचनमा भाग लिन नेकपा एमालेसँग सहकार्य गर्ने बताउनुभएको छ ।

शनिवार जिल्ला स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पोखरा आउनुभएका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा राप्रपा नेपालले भाग लिने र नेकपा एमालेसँग सहकार्य गर्ने बताउनुभयो  ।   

उहाँले सबै राजनीतिक दलसँग छलफल र सहकार्य गर्दै आवश्यक परेको खण्डमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेल गर्ने सक्ने खुलासा गर्नुभयो 

उहाँले २०७० सालको निर्वाचनमा तेस्रो ठुलो पार्टी भएको दाबी गर्दै २०७३ सालपछि पार्टीलाई अझ ठुलो बनाउने महत्वकाक्षा राख्दा केही गलत प्रवृत्ति भएकासँग सम्झौता गर्न पुगेको समेत बताउनुभयो ।

उहाँले तीन वर्षसम्म बाटोमा अलमल परियो, एकपछि अर्को गर्दै त्रुटिहरू हुँदै गए त्यसलाई सुधार गर्नै पुनः तीन वर्षपछि सही ठाउँमा आफू आइपुगेको बताउनुभयो । 

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ४३ बजे