मन्थली विमानस्थलमा पानी पस्यो

बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु छन् ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।

घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ३१ बजे