युक्रेन युद्धमा अहिलेसम्म ८ सय ४७ सर्वसाधारण मारिए

जुरिच । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८सय४७ सर्वसाधारण मारिएका छन् । 

राष्ट्रसङ्घीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरू मारिएको जनाएको छ । 

अधिकांश हताहतहरू विस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ । 

देशमा ठुलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको सङ्ख्या यो भन्दा धेरै हुने जनाएको छ ।

रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाखभन्दा बढी मानिस युक्रेन छाडेर छिमेकी देशहरूमा शरण लिइरहेका छन् । एजेन्सी

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : १६ बजे