साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भैरहवाका भूपेन्द्र थापा नेपाल आइडल सिजन–४ को विजेता 

भैरहवा । भैरहवाका भूपेन्द्र थापा नेपाल आइडल सिजन–४ को विजेता हुनुभएको छ  ।

एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप–५ मा पुग्नुभएका भूपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बन्नुभएको हो। 

उहाँसँगै ५ प्रतिस्पर्धी हुनुहुन्थ्यो, शनिवार साँझ भएको ग्राण्ड फिनालेमा थापाले चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सक्नुभएको हो । थापा ३० लाख रुपैयाँ नगद र ट्रफीसहित विभिन्न स्पोन्सरबाट पुरस्कृत हुनुभएको छ ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुग्नुभएको थियो। भैरहवास्थित सनसाइन स्कुल पढ्नुभएका उहाँलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाएका छन्। 

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल हुनुभएको छ । त्यस्तै, झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौँ हुनुभयो ।       

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ४० बजे