खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

छुट्टाछुट्टै घटनामा धनुषामा दुई जनाको मृत्यु

जनकपुरधाम /धनुषामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो जनकपुरधामस्थित अरगजा पोखरीमा स्थानीय १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको छ भने शनिबार नै मुखियापटी मुसहरनिया गाउँपालिका-६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

कर्ण पोखरीमा डुबेको देखेपछि स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा बाटोमा मृत्यु भएको थियो । 

यादवको भैसिलाई नुहाउने क्रममा चापा कलमा लागेको विद्युतीय मोटरबाट विद्युत प्रवाह भई करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ५७ बजे