विस्फोटमा ४ अफगान बालबालिकाको मृत्यु

काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो ।

युद्धको अवशेषको रूपमा रहेको उक्त बम  दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको  मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।   ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका  विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।

शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए। रासस

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : १५ बजे