मनसुन क्रमशः क्षीण हुँदै

पत्रकार बुद्धकुमार अछामी प्रहरी नियन्त्रणमा

 काठमाडौं । प्रेस चौतारी नेपालसँग आवद्घ पत्रकार बुद्धकुमार अछामीलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सिन्धुली जाने क्रममा त्यहाका स्थानीय द्वन्दपीडित, घाईते, अपांग र बेपत्ता परिवारका सदस्यले कालो झण्डा देखाउने कार्यक्रममा समाचार संकलन गर्न पुगेका पत्रकार अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  अछामी प्रेसचाैतारी नेपाल सिन्धुलीका पूर्व संयोजक हुनुहुन्छ । 

घटनाको प्रेस चौतारी नेपालले घोर निन्दा गर्दै  अछामीको शीघ्र रिहाईको माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष गणेश तिमल्सिनाले अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि र्गुनुहुँदै तत्काल रिाहइको माग गर्नुभयो । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : ०१ बजे