माधवलाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गर्नुभएको छ । 

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नु पर्दैन ?’

उहाँले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिनुभयो  । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क मत दिएको ओलीले बताउनुभयो ।

अध्यक्ष अ‍ोलीले एमालेलाई देशको चिन्ता रहेको भन्दै एमालेको सरकारको पालमा भए गरेका राम्रा काम जनतालाई सुनाए मात्र पनि मत माग्न प्रयाप्त हुने बताउनुभयो । बर्तमान सरकारलाई भने खान मात्रै चिन्ता रहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ०० बजे