खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गठबन्धन पोखरेलको चुनौती : पाँच ओटाले नसके ६ पार्टीको गठबन्धन बनाएर आए हुन्छ

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ६ ओटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिनुभएको छ ।   

शनिबार काठमाडौँमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै  महासचिव पोखरेलले एमाले चुनावमा एक्लै सामना गर्न तयार रहेको बताउनुभयो ।  

महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनावसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच ओटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिनुभयो  ।

‘चुनावसम्मै मिलेर जान्छौँ एमालेलाई देखाइदिन्छौँ । मिलेर आए हुन्छ, पाँच ओटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ ।’ उहाँले भन्नुभयो,

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ५४ बजे