मन्थली विमानस्थलमा पानी पस्यो

ट्याक्टरबाट खस्दा भक्तपुरमा एक किशोरको मृत्यु

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्याक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

बालुवा र सिमेन्ट घोल्ने मिक्स्चर बोकेको ना ७ त २७७४ नम्बरको ट्याक्टरबाट उनी शुक्रवार राति अन्दाजी ९ः२० बजे खसेका थिए ।

ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

उनी सवार ट्याक्टर काठमाडौँबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्याक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ०४ बजे