‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एनएसएल विवाद : टाइसिट तत्काललाई सार्वजनिक नहुने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि आइतबार सार्वजनिक हुने भनिएको टाइसिट ड्र स्थगित भएको छ । 

पछिल्लो समय एनएसएलको आयोजनालाई लिएर विवाद भइरहँदा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विवाद समाधान समिति  र ए डिभिजन लिगका चार असन्तुष्ट क्लब बीचको बैठकबाट टाइसिट ड्र स्थगित भएको स्रोतले बतायो । 

यसअघि आठ क्लबले एनएसएलले नियम विपरीत खेलाडी अनुबन्ध गरेको र अक्सन समेत गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् । 

पछिल्लो समय भने मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम एन आर टी, सङ्कटा क्लब र थ्री स्टारले पत्रकार सम्मेलन गर्दै विवाद समाधान गर्न एन्फालाई अनुरोध गरेको थियो ।

सोही अनुसार एन्फाको २ र ३ फागुनमा बसेको कार्यसमितिले विवाद समाधानको लागि अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा सात  सदस्यीय समिति गठन भएको हो ।

सोही समिति र असन्तुष्ट क्लबबीच शुक्रवार भएको छलफलपछि आइतबारको कार्यक्रम स्थगित भएको हो ।

एनइएसएमले चैत २ गते एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै चैत ६ गते आइतबार टाइसिट सार्वजनिक गर्ने जानकारी गराउँदै पत्र लेखेको थियो  । उक्त छलफलमा क्लबहरूले प्रतियोगिता नै रद्द गर्नुपर्ने माग राखेको छलफलमा सहभागीले बताएका छन् । त्यसपछि बसेको समितिको  बैठकले ‘ अर्को निर्णय नहुन्जेलसम्म टाइसिट ड्र रोक्ने निर्णय गरेको पनि स्रोतले जनाएको छ ।

यसअघि फागुन २० गते हुने तय भएको खेलाडीको अक्सन रोक्न पनि एन्फाले निर्देशन दिएको थियो । तर, त्यसका बाबजुद एनइएसएमले सोही समयमा अक्सन गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ४४ बजे