विलम्ब नगरी वार्ता गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आह्वान

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गर्नुभएको छ ।

रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले विलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गर्नुभएको हो । 

उहाँले वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताउनुभयो ।

“यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनर्स्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो”, उहाँले भन्नुभयो, “अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ ।”

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : २२ बजे