मेरो कार्यकालमा जनता खुशी छन्ः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डिपुटी मेयर हरिप्रभा खड्गीबीच मिडियामा आएको विवाद नभएको बताउनुभएको छ । 

शुक्रबार उहाँले आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएका कामबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताउनुभयो ।

केही केही विषयमा उपमेयर खड्गीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । 

‘विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको हो’ उहाँले भन्नुभयो । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उहाँले बताउनुभयो  ।

रानीपोखरी वर्षमा एक दिन हैन, सधैं खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उहाँले बताउनुभयो । कफि सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि मेयर शाक्यले बताउनुभयो । मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : २४ बजे