मनसुन क्रमशः क्षीण हुँदै

मेलम्चीको धौलेमा एक घर एक धारा

मेलम्ची । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कँमा एक घर एक धारा निमार्ण गरि आज हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल ,उपप्रमुुख भगवती नेपाल ,वडा अध्यक्ष रुद्र दुलाल , सेवक नेपालका अध्यक्ष रेमन्त नाथले आज खानेपानीको उद्घाटन गर्नुभएको हो । मेलम्ची नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ ।

धौले पैंयुखर्क खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत निर्मित उक्त गाउँमा खानेपानी आँगनमा झरेपछि स्थानीयहरुको बषौंदेखिको स्वच्छ खानेपानीका समस्या समाधान भएको छ । मेलम्ची नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ र जनश्रमदान चार लाख ६७ हजार ३१४ रुपियाँलागतमा धारा निमार्ण भएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिनुभयो ।

धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताउनुभयो । उक्त बस्तीमा दलित, जनजाती, विपन्न बसोबास छ ।  घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुशी व्यक्त गर्नुभयो ।

सो गाउँका २३ घरधुरीका १६८ जनालाई स्वच्छ खानेपानीको सुविधा पुगेको छ । करेसाबारी र अन्य भौतिक संरचना निमार्णमा पानीले सहजता पु¥याउने सेवक नेपालल अध्यक्ष रेमन्त नाथले बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रखुख डम्बर अर्यालले धौलेमा पर्यटन प्रबर्द्नको काम भैरहेको बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ५८ बजे