दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७९ जेठको १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनुभएको छ ।

उहाँले अबको केहीबेरमा परीक्षा तालिका प्रकाशित गर्ने समेत जानकारी दिनुभएको छ । 

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ४२ बजे