मनसुन क्रमशः क्षीण हुँदै

सि.पा धुसेनीमा सामूहिक आलुखेती विस्तार 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । इन्द्रावती गाउँपालिकाको वडा नम्बर ५ सि.पा धुसेनीका किसानले कोइरालटारमा सामूहिक आलुखेती विस्तार गरेका हुन् । 

नेपाल सरकार खाध्य तथा पोषण सुरक्षा सुधार आयोजनाका,विश्व स्वास्थ्य संगठन (एफएओ),सिडिसिएफ र नयाँ पानि भुमी अधिकार कृषक समुहको संयुत्त साझेदारीमा ५० रोपनी जग्गामा आलुखेती विस्तार गरिएको हो । धुसेनीका ३५ घर लाभान्वित हुने गरि सामुहिक आलुखेती गरिएको छ । 

समूहले महिलाहरुको सशक्तिकरणका लागि सामूहिक आलुखेतीमा महिलाहरुको सहभागितालाई प्राथमिकतामा राखेको नयाँपानि भुमी अधिकार कृषक समुहका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । ‘सामूहिक आलुखेतीमा महिलाहरुको सहभागिता अत्यन्त धेरै छ । समूहले पनि महिलाहरुको सशक्तिकरणको लागि महिलाहरुको उपस्थितिलाई प्राथमिकतामा राखेका थियौ जसअन्तर्गत ८० प्रतिशत महिलाहरुको सहभागिता रहेको छ ’,उहाँले भन्नुभयो । 

निर्वाहमुखी खेतीमा मात्र सिमित रहेको सि.पा धुसेनीका कृषक सामुहिक आलुखेतीले दिएको फाईदाले खुसी छन् । वर्षभरी दु :ख गरेर उब्जाएको अन्नले खान पनि नपुग्ने अवस्थामा पुगेका धुसेनीवासी सामुहिक आलुखेतीले दिएको उत्पादनबाट सन्तुष्ट छन् । ‘वर्षमा दुई कमाई लगाउँदा पनि चामल किनेरै खानु पथ्र्यो । अहिले आलु खेतीले त वर्ष भरी खान पुग्ने पैसा त आउँछ ’,कृषक सीता आचार्य बताउँनुहुन्छ । 

सामूहिक आलुखेतीले थप नयाँ उर्जा आएको कृषकहरु बताउँछन् । अहिले सि.पा धुसेनीका कृषकले ९७५० केजी आलु उत्पादन गरेको छ । 
 
 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ३१ बजे