मन्थली विमानस्थलमा पानी पस्यो

अब अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

काठमाडौं । स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने बताउनुभएको हो ।

यसअघि स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गरिएको थियो । तर अब अस्पताल जाँदा खोप कार्ड भने अनिवार्यरुपमा आफ्नो साथ लग्नुपर्ने  मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५९ बजे