खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने

​​​​​​​काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । 

आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइएको आयोगले जनाएको छ । वैशाख १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । आयोगले उम्मेदवारहरुको लागि १७ गते चुनाव चिन्ह प्रदान गरिने जनाएको छ । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५१ बजे