मनसुन क्रमशः क्षीण हुँदै

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु  

मकवानपुर ।  मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय  सुभाष श्रेष्ठ र  सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् । 

दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : २७ बजे