काठमाडौं – नेपालमा थप ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९१४ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप ३९२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९९६ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५० पुगेको छ ।
प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ३ : २५ बजे
प्रतिक्रिया