खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

बागलुङमा खोला फर्कियो : माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा बिलय

बागलुङ ।  बागलुङको  कोठेखोला गाउँपालिका वडा नं‍ ३  को सिंगो माओवादी केन्द्रको  पार्टी कमिटी एमालेमा बिलय भएको छ ।  

काठेखोला गाउँपालिका वडा नं‍ ३ धम्जाको नेकपा माओवादी केन्द्रको वडा कमिटी  विहिवार नेकपा एमालेमा समाहित भएको हो ।

धम्जामा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्र काठेखोला–३ वडा कमिटी अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमाले काठेखोला–३ का इन्चार्ज खुम वहादुर भण्डारीलाई पार्टीको वडा कमिटीको माइन्युट हस्तान्तरण गरी पुरै कमिटी एमालेमा समाहित भएको घोषणा गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रले जनताको भावना विपरित कार्य अगाडि बढाएको भन्दै आफुसहित सिंगो वडा कमिटी नै एमालेमा समाहित भएको खड्काले वताउनुभयो ।

कार्यक्तममा एमालेका जिल्ला सचिवालय सदस्य एवं धम्जा इन्चार्ज भण्डारीले एमालेमा समाहित सवैलाई पार्टीले न्यायपूर्ण जिम्मेवारी दिने वताउनुभयो  । 

सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरुलाई एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसी, गण्डकी प्रदेश कमिटी सदस्य डिल्लीराज गौतम, जिल्ला सदस्य अमर थापा, गाउँ पार्टी कमिटीका अध्यक्ष डिलवहादुर कार्की लगायतका नेताहरुले स्वागत गर्नुभयो । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : ०२ बजे