दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लमजुङमा साढे ३० हजारले कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाए

लमजुङ । लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाएका छन् । 

कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् । 

जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो खोप ९४।३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिनुभयो  । उहाँका अनुसार दोस्रो मात्र खोप ९०.७५ प्रतिशतले लगाएका छन् । 

कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ वर्षसम्मका १६ हजार ९ सय ४६ मजनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा सुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रूपमा खोप दिइँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : २८ बजे