थाहा पाउनुहोस् आजको मौसम

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

शनिवार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ चैत्र ४ गते (शुक्रवार)
​​​​​​​दिउँसो:
देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र ५ गते (शनिवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र ६ गते (आइतबार)
दिउँसो:
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका एक र दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २६ बजे