‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यु-१८ महिला साफ: दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं – यु १८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशविरुद्धको नेपाल ४–२ ले पराजित भएको छ ।

भारतको जम्सेदपुरमा सम्पन्न खेलको पहिलो मिनेटमै बंगलादेशकी अफिदा खानदकेरले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ३०औं मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३औं मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

खेलको ४२औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई ४–१ को अग्रता बनाएको थियो ।

इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।

डबल राउन्ड रोविन लिग पद्दतीमा चल्ने प्रतियोगिताको नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता छ । लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।

लिगको तेस्रो खेलमा नेपालले चैत ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : ५७ बजे