सुनको मूल्यमा नयाँ कीर्तिमान

ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

बागलुङ – आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ५ : १४ बजे