काठमाडौं । रङ्गहरूको पर्व होली आज एक अर्कालाई अबिर लगाइदिएर मनाइँदै छ ।
प्रेम, सद्भाव, भातृत्व र एकताको पर्व होलीको अवसरमा आज काठमाडौंको विभिन्न वसन्तपुर, पाटनलगायत क्षेत्रमा विशेष कार्यक्रम भइरहेको छ । सडकमा पनि होली खेल्न निस्कनेहरू प्रशस्तै छन् ।
वसन्तपुरमा होली खेल्न हजारौँ युवा युवतीहरूको भीड लागेको छ । वसन्तपुर यत्तिखेर होलीमा झपक्कै झुमिरहेको छ ।
प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार २ : ५५ बजे
प्रतिक्रिया