खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमाले प्रवेश गर्दै करिश्मा कम्युनिष्ट पार्टी स्थापना दिवसमा जुर्यो साइत

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने हुनुभएको हो ।  

मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेखिसक्नुभएको छ । उहाँले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेटघाट गर्नुभएको छ । 

उहाँ यसअघि बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय हुनुभए  पनि केही समयपछि अलग हुनुभएको थियो । 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : ३० बजे