एमाले संसदीय दलको बैठक बस्दै 

काठमाडौँ । नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ः०० बजे दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरमा बस्दै छ । 

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्नुभएको हो  ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने ‘प्रपञ्च’स्वरूप संसद् अधिवेशन अन्त्य गरिएको शङ्का भएपछि त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । 

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ०३ बजे