युक्रेनको राजधानी किभमा ३५ घण्टा कर्फ्यु

किभ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घण्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानकारी दिनुभएको छ । 

रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मङ्गलवार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ४९ बजे