मन्थली विमानस्थलमा पानी पस्यो

सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान 

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले एक सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ र छैन भनेर चैत १० गतेभित्र उजुरी दिन भनेको हो । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्याय परिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । 

उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २७ बजे