‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पानीको मूल्य एकै पटक १५ रुपैयाँ बढेपछि डिलर व्यवसायी आन्दोलित

पोखरा । जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । 

नेपाल वाटर व्यवसायी सङ्घले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यति धेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ ।

विरोध स्वरूप उनीहरूले मङ्गलवार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् । पोखराको अमरसिंह चोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । 

नेपाल वाटर व्यवसायी सङ्घले सिण्डिकेट लगाएपछि आफूहरू आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताउनुभयो ।

सङ्घले मूल्य वृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ ।“२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो”, उहाँले भन्नुभयो, “आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु?”

बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उहाँको भनाई छ । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २३ बजे