खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

संसद्को चालु अधिवेशन अन्त्य

​​​​​​​काठमाडौं – संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । 

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । 

अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ५१ बजे