मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

चार दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या शून्य

काठमाडौं  । चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् । 

नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ४६ बजे