‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न माग

विराटनगर। चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार सङघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ ।

उक्त सङ्घलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याजवृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको,  कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो । सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने सङ्घका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो । अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भन्नुभयो ।रासस

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ५८ बजे