मनसुन क्रमशः क्षीण हुँदै

एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन, यो मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी पनि होइन : अध्यक्ष ओली 

सबैले छाडेका मान्छेलाई आसन ग्रहण गराएर केही हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताउनुभएको छ । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभयो।

उहाँले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिनुभयो । ओलीले भन्नुभयो, ‘एमाले कुडाकर्कट जम्मा गर्ने डस्विन होइन । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । यो मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’, ओलीले भन्नुभयो । उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै नेपाल र खनाललाई एमालेमा भित्रयाउने कुरा डेट एक्सफायर औषधि खाएर विरामी पर्नु जस्तो हुने  बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘आउटडेटेड औषधि खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’ उहाँले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेकोले चुनाव हारौला भनेर नसोच्न आग्ह गर्नुभयो ।  ओलीले ५ दल मात्रै नभएर १० दल लागे पनि एमालेलाई हराउन नसक्ने बताउनुभयो । 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ३६ बजे