‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बागलुङका २३६ किसानलाई अनुदान

बलेवा। पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् ।

बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।

बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ । अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो । प्रतिपाडापाडी रु १० हजारका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ । 

त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा रु छ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले रु चार हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताउनुभयो । बङ्गुरपालन गरेका ३६ किसानलाई रु छ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । 

माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च रु १० हजार र नयाँ पोखरीका लागि रु २५ हजारका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाको रु १० लाख र नेपाल सरकारको थप रु १५ लाख गरी नगरले एकैपटक रु २५ लाख किसानको हातमा पु¥याएको हो । “पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछाँै”, उहाँले भन्नुभयो, “अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौँ ।” अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिनुभयो । रासस

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ०४ बजे