सुनको मूल्यमा नयाँ कीर्तिमान

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं ।  भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको  हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ४१ बजे