दोस्रो विवाह गर्दै कनिका कपुर

काठमाडौं । बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छिन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छिन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा छन् । उनीहरु लण्डनमा विवाह गर्दै छन् । यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ ।

कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन् । उनीहरुले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको तीन सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ०६ बजे