युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ। युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन् ।
 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : २० बजे