मनसुन क्रमशः क्षीण हुँदै

एमाले सधैँ मधेसको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

धनुषा – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गर्नुभएको छ ।

नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो ।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उहाँको तर्क थियो । 

    एमालेका सचिव रघुविर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकीर गर्नुभयो । जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेस प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

रासस

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०४ बजे