मनसुन क्रमशः क्षीण हुँदै

लाइभ काटेर प्रचण्डले भने सपुतको गीत सही हो 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रचण्ड’ले प्रकाश सपुतको गीतले वास्तविकता बोलेको बताएका छन । 

सुदुरपश्चिमको सदरमुकाम धनगढीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सपुतको गीत संगीतको विषयमा कोही पनि उत्तेजित हुनु आवश्यक नभएको बताए । प्रचण्डले गीतका बारेमा बोल्न थालेपछि उनको लाइभ भने काटिएको थियो । 

माओवादीकै नेता र कार्यकर्ताले विभिन्न संगठनहरुको प्रयोग गरेर गायक सपुतलाई धम्की दिइरहेको बेला प्रचण्डले गीतको बारेमा चर्चा गर्दै माओवादी लडाकूहरूले देखेको सपना पुरा हुन नसेको स्विकारेका छन् । 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : २० बजे