विप्लवका प्रभावशाली नेता एमाले प्रवेश गर्दै : अध्यक्ष ओलीले स्वागत गर्नुहुने

​​​​​​​काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गर्दैछन् । 

पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको छ । 

सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित विष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेट्नुभएको हो ।

सो समूहसहित ठुलो सङ्ख्यामा अन्य पार्टीका नेता कार्यकर्ताहरू एमाले प्रवेश गराउन एमाले अध्यक्ष ओली चैत १७ गते जुम्लाको सिँजा जाने हुनुभएको छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ५५ बजे