‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फ्रान्समा राष्ट्रपतिका उम्मेदवारमाथि अन्डा प्रहार

पेरिस – फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि शनिबार एक पेन्सेनरले काँचो अण्डाले हमला गरेका छन् । दक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका हुन् । असक्त बालबालिकाबारे जेम्मोरको टिप्पणीपछि क्रुद्ध बनेका ती बृद्धले उनको टाउकोमा अण्डा फुटाएका हुन् । पेसाले किसान ती बृद्धाका छाेरा अटिजमबाट पीडित छन् । 

जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरुविरुद्ध बोलेका थिए । जेम्मोरको समूहले सो विषयबारे प्रहरीलाई रिपोर्ट गर्न नहुने बताएको सार्वजनिक अभियोजनकर्ताको कार्यलयले जनाएको छ । फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : २० बजे