‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ ।  गिरिजाप्रसाद कोइराला फाउन्डेशनले आयोजना गर्न लागेको ‘जिपी कोइराला तेक्वान्दो च्याम्पियनशिप २०२२’प्रतियोगिता यही चैत ५ र ६ गते हुने भएको छ । स्व  कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा काठमाडौँको दशरथ रङ्गशालामा सो प्रतियोगिता  आयोजना गर्न लागिएको हो

प्रतियोगितामा सात प्रदेशको दुई विभागीय टोली ९त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलकका क्रमशः तीन÷तीन महिला÷पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी० खेलाडीहरुको सहभागिता हुने भएको छ । 
विजेता खेलाडीलाई क्रमशः ५००, ३०० र २०० अमेरिकी डलरका साथै पदक र प्रमाणपत्र वितरण गरिने फाउन्डेशनका खेलकुद विभाग सहसंयोजक धर्मराज गिरीले जानकारी दिनुभयो । 

उहाँले भोलिका दिन खेलाडीहरुलाई अगाडि बढाउन प्रेरित गर्नाका साथै खेलबाटै तिनको जीवन व्यतित गर्न सकिने बनाउन प्रयास गरिएको गरिएको बताउनुभयो । फाउन्डेशनको शाखा ७७ वटा जिल्लामा  छ । पूर्वप्रधानमन्त्री स्वः कोइरालाको योगदान तथा विचारलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको होे । 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १ : ४६ बजे