काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ ।
‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
सात वटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।
फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १० : ४४ बजे
प्रतिक्रिया