प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया, हामी कोही उत्तेजित हुनुपर्दैन

धनगढी  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतको गीत 'पीर'को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिनुभएको छ  ।

माओवादीका जनवर्गीय सङ्गठनसँगै केही नेताहरूले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले आज धनगढी विमानस्थलमा पत्रकारसँग भन्नुभयो “मैले पुरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।”

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बरबाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताउनुभयो । तर, यो विषयमा सयौँ वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तर्क–वितर्क, पक्ष–विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने बताउनुभयो ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : २३ बजे