मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी

सर्लाही । नेपाली काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । 

आइतबार मध्य राति सार्वजनिक मत परिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।

सभापतिमा विजयी सिंहले १ हजार ७ सय ५८ मत प्राप्त गर्नुभयो भने संस्थापन इतरका प्रत्याशी लक्ष्मण रायले १ हजार  सय ३७८ मत पाउनुभयो । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी हुनुभएको हो। 

निर्वाचन समितिका अनुसार ३ हजार २ सय ७५ मतमध्ये ३ हजार १ सय ७४ मत खसेको थियो ।

उपसभापतिमा भने संस्थापन इतरका नवीन अधिकारी १ हजार ४ सय ९३ मतसहित विजयी हुनुभएको छ  । उपसभापतिमै संस्थापनबाट डा.सरोज कुमार (राजु) १ हजार ७ सय ६४ मतसहित विजयी हुनुभएको छ  ।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७ सय२६ र मनोज यादव १ हजार ४ सय २६ मतका साथ विजयी हुनुभयो। 

सह सचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७ सय ११ र सुनिलकुमार कुशवाहा १ हजार ५ सय ७९ मतसहित विजयी हुनुभएको छ । 

काँग्रेस अधिवेशनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो ।

काँग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिवार मतदान भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : १४ बजे