काँग्रेस सिन्धुपाल्चोक सभापतिमा जङ्गबहादुर तामाङ विजयी

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापतिमा जङ्गबहादुर तामाङ विजयी हुनुभएको छ । 

दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जङबहादुरले जित हासिल गर्नुभएको हो ।

कुल १७ सय ८७ मतमा जङबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त गर्नुभएको  निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिनुभयो ।

यसअघि शनिवार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहनुभएको थियो । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । 

प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिनुभएको थियो । पहिलो चरणमामा दोस्रो हुनुभएका वंशलाललाई प्रेमध्वजले समर्थन गर्नुभएको थियो। तर पनि उहाँले जित हात पार्न  सक्नुभएन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५८ बजे